Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगणपति लघुवित्तले कमायो एक करोड ८६ लाख मुनाफा

गणपति लघुवित्तले कमायो एक करोड ८६ लाख मुनाफा


बर्दिया । गाणपति लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक करोड ८६ लाख १६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ५७ करोड ३२ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १९ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड तीन लाख ५० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ११ लाख चार हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६४ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ४१ करोड ९७ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड ३७ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २५ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३४ लाख ४७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३५ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x