Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआइसी एसिया बैंकद्वारा भिडिओ केवाईसी सेवा सुरू

एनआइसी एसिया बैंकद्वारा भिडिओ केवाईसी सेवा सुरू


काठमाडौं । एनआईसी एसिया बैंकले भिडिओ केवाईसी सेवा सुरु गरेको छ । बैंकले ग्राहक पहिचानसम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने सेवा भिडिओ केवाईसी शुभारम्भ गरेको हो । बैंकमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकहरूले भिडिओ कलको माध्यमबाट ग्राहक पहिचानसम्बन्धी विवरण बैंकलाई सहज रूपमा प्रदान गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकको वेबसाइटमार्फत अनलाइनबाट खाता खोल्दा ग्राहकहरूलाई केवाईसी विवरण सम्बन्धमा दुई विकल्प राखिएको छ ।

यसअन्तर्गत ग्राहकले केवाईसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्बन्धित बैंक कर्मचारीसँग भिडिओ कल गरी उक्त कलमार्फत केवाईसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ । यदि भीकेवाईसीमार्फत आफ्नो केवाईसी जानकारी सम्बन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकूल समयअनुसार सम्बन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरी भिडियो कलमार्फत आफ्नो केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । बैंकले हाल तीन सय ५९ वटा शाखा कार्यालय, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x