Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षणसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअनुसार बैंकले कृषि कर्जा कार्यक्रमअन्तर्गत लगानी गरेका तीन करोडसम्मको कृषि कर्जाहरुको सुरक्षण, कोषको कर्जा सुरक्षण नियमावली, २०७५ अन्र्तगत हुनेछ । यस सम्झौतापश्चात् कृषि कर्जा प्रवाहको जोखिम थप न्यूनीकरण भई कर्जा प्रवाहमा वृद्धि हुने बैंकले अपेक्षा गरेको छ ।

उक्त सम्झौतापत्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेल र बैंकको तर्फबाट उपमहाप्रबन्धक अनुपमा श्रेष्ठ मानन्धरले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कोषको प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, विष्णुमणी अधिकारी, सेञ्चुरी कमर्सियल बैंकका कृषि तथा विपन्न कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल तथा बजारीकरण विभागका गणेश सुवेदीको उपस्थिति थियो ।

बैंकले हाल एक सय ४७ वटा शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x