Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसृजनशील लघुवित्तको सेयर बाँडफाँट

सृजनशील लघुवित्तको सेयर बाँडफाँट


काठमाडौं । सृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न भएको छ । सनराइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित सृजनशील लघुवित्तको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका तीन लाख ९३ हजार सात सय ५० कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानीकोषलाई वितरणपश्चात् बाँकी भएको तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर यही भदौ १५ देखि यही भदौ १९ गतेसम्म सर्वसाधारणहरुको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसमध्ये १८ लाख ३८ हजार सात सय ५१ दरखास्त फारामबाट कुल एक अर्ब ९९ करोड ७२ लाख छ सय ८० कित्ता सेयरको लागि आवेदन प्राप्त भएको थियो ।

उक्त निष्काशनमा आवेदन दिने १८ लाख ३८ हजार सात सय ५१ जना आवेदकहरुमध्ये रीत नपुगेका एक हजार तीन सय १५ जना आवेदकहरुलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ३७ हजार चार सय ३६ जना आवेदकहरुलाई एउटै समूहमा राखी ३६ हजार आठ सय ५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट तीन लाख ६८ हजार पाँच सय ९० कित्ता सेयर नियमन निकायका प्रतिनिधिहरुको रोहवरमा निष्काशन कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा सेयर बाँडफाँट कार्य सम्पन्न गरिएको संस्थाले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x