Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअबदेखि वैदेशिक रोजगारीमा गएकालाई साधारण सेयरमा १० प्रतिशत कोटा

अबदेखि वैदेशिक रोजगारीमा गएकालाई साधारण सेयरमा १० प्रतिशत कोटा


काठमाडौं । अबदेखि वैदेशिक रोजगारीमा गएकाहरुले साधारण सेयरमा १० प्रतिशत कोटा पाउने भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ लाई छैटौं पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई साधारण सेयरमा अनिवार्य कोटा छुट्याएको थियो ।

सोहीअनुसार मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको उक्त नियमावली नेपाल धितोपत्र बोर्डले सोमबार सार्वजनिक गरेसँगै उक्त व्यवस्था कार्यान्वयनमा आएको हो । यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् अबदेखि संगठित संस्थाले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा गएका श्रमिकलाई छुट्याउनुपर्नेछ । बोर्डका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकले मात्र यस्तो सेयरमा आवेदन दिन पाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x