रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौताबमोजिम उक्त गाउँपालिकामा साउन १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि वार्षिक पाँच हजार रुपैयाँ बीमा शुल्कबराबर हुन आउने बीमांक रकमबराबरको २० वर्ष अवधिको मेरो मुटु बाल जीवन बीमा योजनाको लागि सम्झौता भएको हो ।
बीमासम्बन्धी सम्झौतापत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलिले हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति थियो ।
आजका बालिबालिका भोलिका देशका गहना हुन् उनीहरुलाई हामीले आजैदेखि सुरक्षित गर्दै खुलेर जिउने वातावरण तयार ग-यौँ भने उनीहरुको भविष्य उज्वल हुनेछ साथसाथै उनीहरुले चाल्ने हरेक पाइलामा रिलायन्स लाइफले सुरक्षाको कवचको काम गर्नेछ । यस किसिमको सम्झौता गरी नेपाल सरकारको स्थनीय तह तथा स्थानीय सरकारले एक उदाहरणीय कार्य गरको र रिलायन्स लाइफ इन्स्योरेन्स यसमा गर्व महशुस गर्ने र आगामी दिनमा समेत नेपालको कुनै पनि स्थानीय सरकारसँग हातमा हात मिलाएर जाने कुरा कम्पनीका क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले बताए । यो बीमासम्बन्धी सम्झौता यही भदौ २९ गते भएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जुवाको खालबाट छ लाख नगदसहित १३ जना पक्राउ
- बसपार्क निर्माणको काम सीमा विवादका कारण अवरुद्ध
- पेट्रोलियम अन्वेषण: ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकियो
- त्रिशूलीमा आठ करोडको लागतमा नयाँ पुल निर्माण
- हुथी विद्रोहीले गरे अमेरिकी युद्धपोतमा आक्रमण
- ट्रम्प प्रशासनले रोक्न नसक्ने आणविक विस्तार योजना
- फोहोर मैलाको समस्या र व्यवस्थापन
- ऊर्जामैत्री भवन निर्माणमा नीतिगत प्रस्थान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया