मुक्तिनाथ विकास बैंकद्वारा ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालन
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक एक करोड एक लाख रुपैयाँसम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ आशीर्वाद बचत खाता’ योजना सञ्चालनमा ल्याइएको हो ।
मुक्तिनाथ आशीर्वाद बचत खाता गोल्ड क्याटागोरीमा न्यूनतम ५० हजार रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफ्नो लागि २१ लाख र परिवारको दुई जना सदस्यहरुको लागि ३० लाख गरी कुल ५१ लाखसम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ सेवाहरुमा समेत छुट प्राप्त गर्न सक्नेछन ।
यसैगरी मुक्तिनाथ आशीर्वाद बचत खाता प्लाटिनम क्याटागोरीमा न्यूनतम १० लाख रुपैयाँ मौज्दात राखेर खाता खोल्ने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको चार जना सदस्यहरुको लागि ८० लाख गरी कुल एक करोड एक लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् । बीमा सुविधा अन्तर्गत आवधिक बीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमा हुनेछ ।
थप जानकारीको लागि बैंकको एक सय ७६ वटै शाखा कार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग (मोबाइल नं.९८०१११००२२) मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया