Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाद्वारा सर्वश्रेष्ठ बचत खाताका ग्राहकहरुलाई २० लाख बीमा रकम भुक्तानी

एनआईसी एसियाद्वारा सर्वश्रेष्ठ बचत खाताका ग्राहकहरुलाई २० लाख बीमा रकम भुक्तानी


काठमाडौं । एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका दुई जना ग्राहकहरुलाई खातामा उपलब्ध घातक रोग बीमाबापत प्रतिव्यक्ति १० लाखको दरले कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । यस बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका एक हजार सात सय ३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमाबापत दुई करोड ६० लाख, दुर्घटना बीमाबापत ७० लाख र मेडिकल बीमाबापत तीन करोड ३१ लाख गरी कुल छ करोड ६१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

देशको दूरदराजमा रहेका लाखौं ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस बैंकले निक्षेप रकममा अधिकतम प्रतिफल दिने उद्देश्यका साथमा चार जनालाई पाँच वर्षको लागि ८४ लाखसम्मको बीमा सुविधा रहेको ‘सर्वश्रेष्ठ बचत योजनाहरु’ सञ्चालन गरिरहेको छ । यस योजनामा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म ८४ लाखसम्मका तीन बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू समावेश छन् ।

साथै, यस बचत योजना अनुसार ग्राहकले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्स सेवा, चेक क्लियरिङ, आरटीजीएस, आइपिएस/सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटीएम सेवाहरू ग्राहक एवं निजले मनोनीत गरेका अन्य तीन व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५९ शाखा कार्यालयहरू, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब तीन अर्ब ४१ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ । जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x