Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबीच सम्झौता

नारायणी डेभलपमेन्ट बैंक र होटल स्टार चितवनबीच सम्झौता


काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र होटल स्टार चितवन प्रालिबीच सम्झौता भएको छ । बैंकका अनुसार विशेषाधिकार कार्ड होल्डरहरूलाई होटल स्टार चितवन प्रालिले प्रदान गर्ने सेवा सुविधामा विशेष छुट दिने सम्झौता सम्पन्न भएको हो ।

नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रालिका अध्यक्ष भेषराज दुवाडीले उक्त छुट सुविधाको सम्झौतामा हस्ताक्षर गरेका हुन् । नारायणी डेभलपमेन्ट बैंकका विशेषाधिकार कार्ड होल्डरहरूले होटल स्टार चितवन प्रालिको सेवा उपयोग गर्दा रुमचार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा छ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकले विभिन्न बचतकर्ताहरू, सेयरधनीहरूलगायत अन्य सरोकारवालाहरूलाई विभिन्न मापदण्डको आधारमा विशेषाधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटलबाट लिने सेवामा छुट लिन सक्नेछन् ।

यो सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको व्यावसायिक सम्बन्ध तथा व्यावसाय सुदृढ हुने विश्वास बैंकले लिएको छ । बैंकका विशेषधिकार कार्डहोल्डरहरूलाई होटलले प्रदान गरेको छुट सुविधामा बैंक प्रशन्नता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x