सांग्रिला डेभलपमेन्ट बैंकको ‘वित्तीय साक्षरता कार्यक्रम’
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकका अनुसार आइतबार सांग्रिला डेभलपमेन्ट बैंक वागलुङ वसपार्क शाखाका प्रमुख कमला गिरीले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीद्वारा सञ्चालित उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत लाभग्राहीहरूलाई बैंकको आवश्यकता, खाता सञ्चालन, बचत बीमा, ऋण, लगानी विप्रेषणलगायतका विषयहरूमा सहजीकरण गरेकी थिइन् ।
साथै हाल सांग्रिला डेभलपमेन्ट बैंकको एक सय १२ वटा शाखाहरू र ३२ वटा एटीएमबाट विविध बैंकिङ सेवाहरू प्रदान गर्दै आएको कुरा अवगत गराइन् । उत्थानशील जीविकोपार्जन कार्यक्रमका संयोजक देव नारायण पौडेल, जीविकोपार्जन परामर्शकता आदर्श न्यौपाने र सामाजिक परिचारिका लिला देवकोटाको सहजीकरणमा पोखरा महानगरपालिका वडा न १८ का ४३ जना लाभग्राहीबीच कार्यक्रम सम्पन्न गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया