राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघकोे अध्यक्षमा पाण्डेय निर्वाचित
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११औँ महाधिवेशन गत भदौ ३० र ३१ गते पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरूमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागार्इं निर्वाचित भएका छन् । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरूमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुषमा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सह–कोषाध्यक्षमा लिना यादव तथा बाँकी २६ जना सदस्यहरू निर्वाचित भएका हुन् ।
संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले रा.वा. बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तीय संस्था भएको बताउँदै संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम् हुने बताए ।
सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पेसागत महासंघ नेपालका संयोजक बाबुराम थापा, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु)का राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, पेसागत महासंघ नेपालका सल्लाहकार संयोजक पुण्य ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा. बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव उभार पाण्डे, कषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जिसी, पूर्वअध्यक्ष हेमराज सुवेदीलगायत पेसागत क्षेत्रका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै, महाधिवेसनले आगामी दिनका लागि नीति तथा पेसागत क्षेत्रका जल्दाबल्दा विषयसहितका प्रस्तावहरू समेत पारित गरेको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल बैंक भित्रको सबैभन्दा जेठो र कर्मचारीहरूको हकहितको पक्षमा जोडदाररूपमा आवाज उठाउँदै आइरहेको क्रियाशील ट्रेड युनियन हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया