एनएमबी क्यापिटल र सोपान फर्मास्युटिकल्सबीच सम्झौता
कम्पनीले १४ करोडबराबरको साधारण सेयर निष्काशन गर्ने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेड र एनएमबी क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी सर्वसाधारणमा १४ करोठ रुपैयाँबराबरको १४ लाख कित्ता धितोपत्रको सार्वजनिक निष्काशन गर्ने प्रयोजनको लागि क्यापिटलसँग सम्झौता गरेको हो ।
हाल कम्पनीको जारी पुँजीलाई वृद्धि गरी ७० करोड कायम गर्ने र सो जारी पुँजीको २० प्रतिशत अर्थात् १४ करोडबराबरको सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने कार्यका लागि एनएमबी क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको कम्पनीको भनाइ छ । सो निष्काशन गर्नेसम्बन्धी सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपाने र एनएमबी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले एक कार्यक्रमका बीच एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा सोपानका वित्त प्रमुख रूपेश महतका साथै क्यापिटलका चिफ बिजनेस अफिसर कमल प्रसाद नेपाल तथा फन्ड म्यानेजमेन्ट प्रमुख आशिषराज पाण्डेको समेत उपस्थिति रहेको थियो । सोपानका प्रमुख कार्यकारी अधिकृतले उक्त सेयर निष्काशन यसै वर्षभित्रमा नै सम्पन्न गरिसक्ने गरी क्यापिटलसँग योजना बनाएको समेत जानकारी दिएका छन् ।
ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ८ मा अवस्थित लब्ध प्रतिष्ठित गैरआवासीय नेपाली व्यवसायीहरू, नेपाली सफल व्यापारिक घराना, औषधि, स्वास्थ्य तथा अन्य क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूको संलग्नतामा स्थापित सोपान फर्मास्युटिकल्सले आईएसओ, विश्व स्वास्थ्य संगठन तथा युरोपियन मापदण्डको गुड म्यानिफ्याक्चरिक प्रयाक्टिस (जिएमपी) अनुसारको अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी आव २०७८/०७९ देखि उच्च गुणस्तरको विभिन्न प्रकारका औषधिहरू उत्पादन गर्दै आएको छ ।
कम्पनीले औषधि व्यवस्था विभागमा एक सय १० वटा औषधिहरूको उत्पादन अनुमतिको लागि आवेदन पेस गरेकोमा हालसम्म ६० वटा औषधिहरूको उत्पादन अनुमति प्राप्त भइसकेको र २५ वटा औषधिहरू हाल बजारमा बिक्रीवितरण भइरहेको छ । त्यसैगरी थप ६० वटा औषधिहरू अनुसन्धान तथा विकासको चरणमा रहेका छन् । कम्पनीले आगामी दुई वर्षभित्र औषधिको संख्या दुई सय पु¥याउने लक्ष लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन न्यौपानेले बताएका छन् । उद्योगले एन्टिवायोटिक्स, मुटुरोग, मधुमेह, स्वास प्रस्वास, छालारोग, नशा तथा हाडजोर्नी, मानसिक रोग, पाचन प्रणाली, प्रोस्ट्रेट, प्रतिरक्षा प्रणाली र भिटामिन्ससँग सम्बन्धित औषधिहरू उत्पादन गर्दै आइरहेको छ । साथै आगामी दुई वर्षभित्रमा आई एन्ड इएर ड्रप्स र सफ्ट जेल क्याप्सुल समेत उत्पादन गर्ने योजना बनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आर्थिककर्मी बस्नेत सम्मानित
- बैंकहरुले दिए घरजग्गामा छ खर्ब ५५ अब ऋण
- धुम्रबराह माध्यमिक विद्यालयको जग्गा कब्जा गर्न भू–माफिया सक्रिय
- सुपथ मूल्य पसलमा भीड
- दशैंको साइत २६ गते बिहान ११:३६ बजे
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया