Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसातै प्रदेशमा मेगा बैंकको ‘वित्तीय साक्षरता अभियान’

सातै प्रदेशमा मेगा बैंकको ‘वित्तीय साक्षरता अभियान’


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी एकमहिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले भदौ महिनाभर सातै प्रदेशका शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकको भनाइ छ ।

यसअन्तर्गत प्रदेश नम्बर १ र बागमती प्रदेशका छ–छ वटा शाखा तथा मधेश प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पाँच–पाँचवटा शाखा गरी मेगा बैंकका ३७ वटा शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो वित्तीय चेतनामूलक अभियानको मुख्य उद्देश्य रहेको बैंकको भनाइ छ । सोहीअनुरूप बैंकले नियमित आम्दानी प्राप्त गर्ने (रोजगार), निश्चित आम्दानी नभएका कृषक तथा साना उद्यमी, विद्यार्थी, महिला तथा विप्रेषण प्रापकहरूलाई प्राथमिकता दिई यो एकमहिने देशव्यापाी कार्यक्रम सञ्चालन गरेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x