आईएमई–पेले दिँदै छ सात दशमलव १३ प्रतिशत ब्याज
काठमाडौं । एकमात्र ब्याज दिने वालेट आईएमई–पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ । साबिकमा रहँदै आएको छ दशमलव शून्य तीनको ब्याजदर बढाएर सात दशमलव १३ प्रतिशत कायम गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रयोगकर्ताहरूले अब बैंकमा पाइनेझैँ सेवा आफ्नो मोबाइल वालेटमा आईएमई–पेमार्फत पाउन सक्नेछन् । प्रयोगकर्ताहरूले आफ्नो वालेट एपमा एक हजार रुपैयाँ कायम राखी सुपर वालेटमा रूपान्तरण भई यो सुविधा प्राप्त गर्न सक्नेछन् । आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ । यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्वपूर्ण आयाम हुनसक्ने विश्वास लिइएको छ ।
यसका साथै ग्राहकहरूले यस दशैँ, तिहार र छठको अवसरमा आईएमई–पे डिजिटल दशैँ तिहार २०७९ अभियानअन्तर्गत आईएमई–पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई–स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरको साथै अन्य धेरै उपहारहरू जित्ने मौका पाउनसक्ने कम्पनीको भनाइ छ ।
आईएमई–पेको बारेमा
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आईएमई’पे’ आईएमई ग्रुप डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया