सर्वाधिक निक्षेप सुरक्षण गर्ने बैंक बन्यो राष्ट्रिय वाणिज्य बैंक
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरूमध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आव २०७८/०७९ मा सर्वाधिक निक्षेप सुरक्षण गरी सबैभन्दा बढी सुरक्षण दस्तुर भुक्तानी गर्ने बैंकको रूपमा सम्मानित भएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित कोषको ४९औँ वार्षिक उत्सवको अवसरमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई कदरपत्र मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लामा दुई सय ५९ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया