Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकको खातामार्फत रेमिट्यान्स बुझ्नेलाई दक्षिणा

एनआईसी एसिया बैंकको खातामार्फत रेमिट्यान्स बुझ्नेलाई दक्षिणा


काठमाडौं । एनआईसी एसिया बैंकले ‘एनआईसी एसियामा रेमिट्यान्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिट्यान्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिट्यान्सको हकमा लागू हुनेछ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिट्यान्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रूपमा थप तीन सय रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको बताइएको छ । बैंकले मुलुकभर रहेका तीन सय ५९ वटा शाखा कार्यालय, चार सय ७३ वटा एटीएम, एक सय दुईवटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x