Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका ग्राहकलाई एप्पल ब्राण्ड खरिद गर्दा छुुट

सानिमा बैंकका ग्राहकलाई एप्पल ब्राण्ड खरिद गर्दा छुुट


काठमाडौं, फागुन १८
सानिमा बैंक लिमिटेड र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालि फ्युुचर वल्र्डबीच एप्पल प्रोडक्टका आइफोन, आइप्याड, म्याक बुुक तथा अन्य सामानमा सानिमा बैंकका ग्राहकहरूलाई विषेश छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी काठमाडौँको सुनधारास्थित सिभिल मल अवस्थित फ्युचर वल्र्डमा एप्पलका प्रोडक्ट खरिद गर्दा छ हजार रूपैयाँसम्म नगद तथा सात हजार रूपैयाँसम्मका सामानहरू प्राप्त गर्न सक्नुहुनेछ ।

साथै बैंकका ग्राहकहरूले सानिमा बैंकको क्रेडिट कार्डमार्फत १८ महिनाको मासिक किस्ता भुक्तानी गर्न सक्नुहुनेछ । सम्झौतामा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख विक्रम श्रेष्ठ र आस्ट्रल कम्प्युटर्स नेपाल प्रालिको तर्फबाट महाप्रबन्धक नवीन जोशीले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x