Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वावलम्बनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

स्वावलम्बनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण


काठमाण्डौँ,फागुन १८

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बौनियाँ शाखाले न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिकास्थित लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कुल व्याग, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईंले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताए । प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवालगायत सामुदायिक कृयाकलापमा संलग्न रही घरदैलोमा लघुवित्त सेवा पु¥याउने बताए । ग्राहकको वित्तीय सचेतना कार्यक्रमअन्तर्गत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा वित्तीय संस्थाको ‘एक शाखा एक छात्रवृत्ति योजना’ अन्तर्गत शाखा कार्यालय बौनियाँमा आबद्ध ग्राहक सदस्यका छोरा महेन्द्र हमाललाई २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएबापत प्रमाणपत्रसहित १० हजार नगद छात्रवृत्ति प्रदान गरिएको थियो । इलाका कार्यालय धनगढीका प्रबन्धक जनार्दन ढकालको सभापतित्व तथा शाखा प्रबन्धक कृष्ण खनालको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तर्गतका केन्द्रबाट सदस्यलगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, प्रहरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारीलगायत स्थानीयको सहभागिता रहेको थियो ।राष्ट्रियस्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालयमार्फत दुुई लाख ४८ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पुँजी एक अर्ब साथै जारी तथा चुक्तापँुजी ७९ करोड २३ लाख रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x