मञ्जुश्री फाइनान्सको शाखा कार्यालय कुमारीपाटीमा
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ०५, कुमारीपाटीमा आफ्नो २७औँ शाखा उद्घाटन गरेको छ । फाइनान्सको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्वमुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदूत दामोदर प्रसाद गौतम तथा मञ्जुश्री फाइनान्स लिमिटेडको अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरेले संयुक्तरूपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
२०७९ साल भाद्र मसान्तसम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको यस फाइनान्सले ११ अर्ब ५२ करोड रूपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८८ करोड रूपैयाँ कर्जा परिचालन गरेको छ । यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया