लक्ष्मी बैंकको एक सय ४३औँ शाखा बागलुङको गल्कोटमा
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा एक सय ४३औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा नं. ३ को हटिया बजारमा सञ्चालनमा ल्याएकोे छ । यस शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा एक सय ४३ वटा शाखा, १३ एक्सटेन्सन काउन्टर र पाँच वटा हस्पिटल सेवा काउन्टर, एक सय ७७ वटा एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ७१ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।
यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया