मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाखको आईपीओ निष्काशन गर्नै
काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार रकम बराबरका सेयर सर्वसाधारणको लागि निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । निष्काशन गर्न लागेको रकम मध्ये पाँच करोड ४२ लाख ५८ हजार तीन सय रकम बराबरको सेयर आयोजना प्रभावित क्षेत्र बासिन्दाहरूको लागि र १० करोड ८५ लाख १६ हजार सात सय रकम बराबरको सेयर सामूहिक लगानी कोष सहित सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एन आई सी एशिया क्यापिटल रहेको छ ।
संखुवासभा जिल्लामा रहेको माथिल्लो पिलुवा खोलाबाट ४.७२ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीको हाल जारी पूँजी ३७ करोड ९८ लाख ८ हजार तीन सय रुपैया रहेको छ । सार्वजनिक निष्काशन पश्चात कम्पनीको जारी पूजी तथा चुक्ता पूँजी ५४ करोड २५ लाख ८३ हजार तीन सय कायम हुनेछ । निर्माणधीन माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया