Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँबराबरको सहयोग

सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँबराबरको सहयोग


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नारायणी अस्पताललाई रकम सहयोग गरेको छ । बैंकले बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले गर्नेछ ।

उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिरेन्द्र बहादुर प्रधान र राउन्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ ।

वीरगञ्जस्थित दियालो लड्र्स प्लाजामा आयोजित उक्त सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, संस्थाका नेसनल प्रेसिडेन्ट, नगरप्रमुख तथा स्थानीय उद्योगपति, व्यवसायीहरूको उपस्थिति रहेको थियो । बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको बिरामीहरूका लागि निमार्णाधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग उक्त अस्पतालले जनाएको छ । सो सहयोगबाट बिरामीहरूलाई व्यवस्थित ढङ्गबाट अस्पतालको सेवा सुविधा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x