Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबाराही हाइड्रोपावरले दुई करोड ५० लाख कित्ता सेयर जारी गर्ने

बाराही हाइड्रोपावरले दुई करोड ५० लाख कित्ता सेयर जारी गर्ने


काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले दुई करोड ५० लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र बाग्लुङको जैमनी नगरपालिका वडा नं १, ४, ५, साबिक कुस्मीसेरा, बिनामार तथा जैमनी नगरपालिका तथा अन्य स्थानीयवासीहरूको लागि सेयर जारी गर्न लागेको हो ।

कम्पनीका अनुसार एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी दुई लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमार्फत यही कात्तिक चार गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा यही कात्तिक १८ गते र ढिलोमा मंसिर चार गते बन्द हुने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x