Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु

माछापुच्छ्रे बैंकद्वारा भिसा डाइरेक्ट सेवा सुरु


काठमाडौं । माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । बैंकका अनुसार यो सेवामार्फत विदेशबाट माछापुच्छ्रेको बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरूलाई बिनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।

यो सेवामार्फत भिसा डायरेक्टमा सहभागी रहेका एक सय ८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएममार्फत १६ अंकको भिसाकार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् । उक्त सेवामार्फत स्वदेश र विदेशबाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसाकार्डमार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिने बैंकको भनाइ छ ।

स्थापना कालदेखि नै नयाँ–नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य नवीनतम डिजिटल सेवाहरू जस्तैः मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइनमार्फत खाता एवं मुद्दती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x