Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

सिभिल बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग


काठमाडौं । सिभिल बैंकले पशुपति क्षेत्र विकास कोषलाई सहयोग गरेको छ । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत पशुपति क्षेत्रमा रोपिएका बिरुवाहरूको संरक्षणका लागि पशुपति क्षेत्र विकास कोषलाई दुई सयवटा ट्री गार्ड सहयोग गरिएको हो ।

बैंकका नायबप्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापालाई उक्त ट्रीगार्ड हस्तान्तरण गरेका हुन् । बैंकले पाशुपत क्षेत्रको हरियाली बढाउन गरिएको वृक्षरोपणको सुरक्षाका लागि पशुपति विकास कोषलाई प्रदान गरेको ट्री गार्डको मूल्य करिब आठ लाख रुपैयाँबराबरको रहेको जानकारी दिएको छ । बैंकले पशुपति क्षेत्रको पार्किङ क्षेत्रमा तीन सयवटा ट्रीगार्डसहितको बिरुवा लगाई सो बिरुवा हुर्काउन पाँच वर्षसम्म लाग्ने सबै खर्च समेत वहन गर्दै आएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x