Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल एसबीआई बैैंक र भन्सार विभागबीच सम्झौता

नेपाल एसबीआई बैैंक र भन्सार विभागबीच सम्झौता


काठमाडौं । नेपाल एसबीआई बैैंक र भन्सार विभागबीच सम्झौता भएको छ । बैंकका अनुसार भन्सार कारोबारलाई व्यवस्थित बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो ।

सम्झौतामा भन्सार विभागका महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल एसबीआई बैंकको तर्फबाट डेपुटी सीईओ रिजवन आलमले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा दुवै संस्थाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा रहेको थियो ।

बैंकले हाल देशका विभिन्न स्थानमा ९१ शाखा, २१ एक्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, १० शाखारहित बैंकिङ तथा एउटा कर्पोरेट अफिसका साथै एक सय ३० एटीएममार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x