Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज हुने

नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्त मर्ज हुने


काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन् । मर्जरका लागि दुवै संस्थाहरूले बुधबार सम्झौता गरेका छन् । मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकै कारण संस्थाको बिहीबारबाट सेयर कारोबार रोक्का भएको छ । नेप्सेका अनुसार बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर तथा एक्विजिसन) सम्बन्धी नियमावली २०६३ को विनियम ६(१) अनुसार यी दुई संस्थाको सेयर कारोबार रोक्का गरिएको हो ।

दुवै संस्थाहरूले बुधबार मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंकलगायत दशवटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवद्र्धित नेसनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच संस्थालाई थप सबल, सक्षम र दिगोरूपमा अगाडि बढाउनका लागि दुवै संस्थाहरूलाई एक आपसमा गाभ्ने/गाभिने(मर्जर) सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षहरूले प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । आपसी समझदारीअनुसार समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर स्वाप रेसियो अनुपात ८२ रुपैयाँ (अर्थात् समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको एक सय कित्ता सेयरबराबर नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८२ कित्ता) कायम हुने र मर्जरपश्चात् संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष श्री केशवप्रसाद आचार्य र प्रमुुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहने सहमति भएको छ ।

मर्जरपश्चात् हुने संस्थाको नाम नेसनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हुने त्यसैगरी संस्थाको चुक्तापुँजी एक अर्बभन्दा बढी कायम हुने र ग्राहक सदस्य संस्या दुई लाखभन्दा बढी पुग्नेछ । यसैगरी मर्जरपश्चात् लगानीमा रहेको कर्जा रकम १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरूमा विस्तार भई कुल शाखा संख्या दुई सय चार वा पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x