Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमता घरेलु लघुवित्तको नाफा सात करोड ९७ लाख

समता घरेलु लघुवित्तको नाफा सात करोड ९७ लाख


काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा सात करोड ९७ लाख २६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १० करोड ८३ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको संस्थाले आवले २०७८–०७९ मा एक अर्ब २० करोड २६ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ९७ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ४३ लाख ५२ हजार रुपैयाँ प्रोभिजन रहेको संस्थामा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

अघिल्लो आवमा भने संस्थाले ९३ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७१ करोड सात लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ४९ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड ११ लाख ९४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x