सिद्धार्थ बैंकद्वारा कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिनहरू हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण गरेका छन् ।
कोशी अस्पतालमा आयोजित उक्त हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदिश प्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतानलगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवीहरू र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, प्रदेश प्रमुख कमल बस्नेतलगायत अन्य प्रतिनिधिहरू तथा अस्पतालका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । उक्त हेमोडायलाइसीस मेसिन कोशी अस्पतालले अस्पतालमा आउने बिरामीहरूको उपचारका लागि प्रयोग गर्नेछ । बैंकले पु-याएको सो सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसिस सेवा प्रदान गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ ।
कार्यक्रममा बोल्दै कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवले हेमो डायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारेमा चर्चा गरेका थिए । बैंकद्वारा हस्तान्तरण गरिएका डायलाइसिस मेसिनहरूको अधिकतम उपयोग गरिने सम्बन्धमा प्रतिबद्धता समेत व्यक्त गरे ।
बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको बारेमा बैंक सञ्चालक नरेन्द्र कुमार अग्रवालले जानकारी गराएका थिए भने आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको समेत जानकारी गराएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
- दुर्गा प्रसाईँ किन पक्राउ परे, उनलाई के सजाय हुन सक्छ ?
- संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
- पूर्वप्रहरी नायब महानिरीक्षक जोशी पक्राउ
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया