Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘विश्व लगानीकर्ता सप्ताह–२०२२’को अवसरमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम

‘विश्व लगानीकर्ता सप्ताह–२०२२’को अवसरमा प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम


काठमाडौं । ‘विश्व लगानीकर्ता सप्ताह–२०२२’ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरूलाई काठमाडौंमा एक दिने तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार सम्पन्न भएको हो । धितोपत्र बजारमा लगानी गर्दा हुने जोखिम व्यवस्थापनको विषय तथा धितोपत्र बजारमा संलग्न विभिन्न पक्षले पालना गनुपर्ने नीतिनियमप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जोखिम व्यवस्थापन र कानुन विषयमा क्यापिटलले यो कार्यक्रमको आयोजना गरेको हो । यो विश्व लगानीकर्ता सप्ताह इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन (आईओएससीओ)को आह्वाहनमा प्रत्येक वर्ष अन्तर्राष्ट्रिस्तरमा सेयर लगानीसम्बन्धी विविध कार्यक्रम गरी मनाइने गरिन्छ ।

यस कार्यक्रमको सभापतित्व जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र पौडेल (आरसी बिमल)ले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथिमा प्रभु क्यापिटलका बोर्ड डाइरेक्टर डा. भरत सिंह थापा रहेका थिए । तालिममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा तथा विज्ञ प्रशिक्षकको रूपमा धितोपत्र बोर्डका कानुनी विभागका एक्टिङ डाइरेक्टर राजाराम दुवालले प्रदान गरेका थिए ।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष पुरुषोत्तम अधिकारी, सचिव उज्वलराम श्रेष्ठ, कोषाध्यक्ष सन्तोष भण्डारीलगायत कार्यसमिति सदस्यहरूसमेत गरी करिब ६० जनाको सहभागिता भएको उक्त कार्यक्रममा काजिअ बारका अध्यक्ष रामचन्द्र पौडेल (आरसी विमल)ले वर्तमान सेयरबजारमा धेरै लगानीकर्ताहरूको प्रवेश भएको र सबैमा सेयरबजारसम्बन्धी सचेतना पर्याप्त नभएको अवस्थामा सेयरबजारबाट हुनसक्ने नोक्सानी र कानूनी प्रावधानलाई सचेतना अभिवृद्धि गर्दै लगानीको सही सदुपयोग गर्नुपर्ने विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको बताएका थिए ।

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरू समय समयमा सञ्चालन गर्दै आइरहेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x