Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारविश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलको सचेतना अभिवृद्धि

विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटलको सचेतना अभिवृद्धि


काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभु क्यापिटल लिमिटेडले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरूका लागि सेयरबजारसम्बन्धी पुँजीबजारसम्बन्धी आधारभूत ज्ञान, प्रविधि एवं सुरक्षाका विषयमा एकदिने प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको हो ।

कार्यक्रम राजधानी मोडेल कलेज, पुरानो बानेश्वर, काठमाडौंमा २०७९ असोज ३० गते आइतबार सम्पन्न भएको हो । रोटर्याक्ट क्लब अफ पाटन बेस्टका करिब २० जना सदस्यहरूको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण दिने कार्य प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले गरेका थिए भने उक्त कार्यक्रमका उद्देश्य तथा महत्वबारे सञ्चालन विभाग प्रमुख श्रीमती बसन्ता उपाध्यायले प्रकाश पारेका थिए । प्रशिक्षणमा सेयरबजार तथा प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरू, सेयर बजारमा दीर्घकालीन लगानी गर्दा पाइने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापनसम्बन्धी विषयहरू समेटिएको थियो ।

प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रमहरू, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । रोटर्याक्ट क्लब अफ पाटन बेस्ट सन् २००० मा स्थापना १८–३० वर्ष युवाले सञ्चालन गर्ने गैरलाभकारी, गैरराजनीतिक संस्था क्लब हो । यो क्लबको मुख्य उद्देश्य सेवामार्फत नेतृत्व, व्यावसायिक विकास र फेलोसिप प्रवर्द्धन गर्नु हो, जसमा क्लबका स्वैच्छिक सदस्यहरूले उनीहरूद्वारा प्रस्तावित र सञ्चालन गरिएका कार्यक्रमहरू र परियोजनाहरूमा काम गर्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x