Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफ इन्स्योरेन्सको ‘नयाँ मोबाइल एप’

नेपाल लाइफ इन्स्योरेन्सको ‘नयाँ मोबाइल एप’


काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन (आईओएस)का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ ।

कम्पनीकोे प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोबाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन् । परिस्कृत र नयाँ सुविधाहरूसहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुवैले एउटै एप्लिकेसनमार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्लेस्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफूलाई रजिस्टर गरी लगइन गर्न सकिनेछ । आफू अभिकर्ता वा बीमित छनोट गरी आफ्नो प्रोफाइल एड गर्न सकिनेछ । एप्लिकेसनमा एकै जनाको एकभन्दा बढी बीमालेख भएमा सबैलाई लिस्ट गर्न सकिनेछ । आफ्नो बीमालेख प्रोफाइलमा एड गरेपश्चात् आफ्नो बीमासँग सम्बन्धित सम्पूर्ण जानकारी एकैठाउँमा सरल तथा सहज तवरले प्राप्त गर्न सकिने कुरा इन्स्योरेन्सले जनाएको छ । साथै एपमा अन्य सुविधाहरूको रूपमा प्रिमियम हिसाब, बीमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरूको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारीमूलक, तथा मनोरञ्जनात्मक श्रव्यदृश्य सामग्रीहरू पढ्न तथा हेर्न सकिनेछ ।

हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बीमासम्बन्धी सम्पूर्ण सुविधाहरू चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अवलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्धता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताएका छन् । सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रम सँगसँगै नेपाल लाइफका विभिन्न सेवा तथा सुविधाहरूलाई ग्राहक तथा अभिकर्ता समक्ष सहज, सुरक्षित एवं प्रभावकारीरूपमा उपलब्ध गराई कम्पनीको डिजिटल रूपान्तरणको लक्ष्य हासिल गर्न यो कदम फलदायी हुने कुरा यस इन्स्योरेन्सका प्रमुख सूचना प्रविधि अधिकृत शरदचन्द्र प्याकुरेलले जानकारी दिए ।

यो एपलाई ग्राहक तथा अभिकर्ताहरूको आवश्यकताअनुरूप क्रमशः थप परिस्कृत तथा विकसित गर्दै लैजाने विषयमा नेपाल लाइफ प्रतिबद्ध रहेको जानकारी पनि कम्पनीले दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x