Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

कुमारी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान


काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही कात्तिक २१ गते आफ्नो २२औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १२ दशमलव ५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही कात्तिक १४ गते सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । सोही सभामार्फत बैंकले मर्जरका लागि सञ्चालकले गठन गरेको समितिको कार्य अनुमोदन गर्ने, नयाँ मर्जर समिति बनाउने, डीडीए गराउनेलगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक एक आपसमा मर्जरमा जान प्रारम्भिक सम्झौता भइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x