Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूको चाडबाडलक्षित योजनामा २५ प्रतिशतसम्मको नगद फिर्ता

बैंक अफ काठमाण्डूको चाडबाडलक्षित योजनामा २५ प्रतिशतसम्मको नगद फिर्ता


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । बैंकका अनुसार यो नगद फिर्ता योजना यही २०७९ साल कात्तिक १ गते मंगलबारबाट २०७९ साल कात्तिक ६ गते आइतबारसम्म मात्र रहनेछ ।

यस योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेे ग्राहकहरूले मात्र नगद फिर्ता पाउनेछन् । उक्त नगदफिर्ता योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले नगद फिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् । बैंकले यस योजनाबाट समग्र विद्युतीय कारोबारमा वृद्धि हुने विश्वास लिएको छ ।

बैंकले ग्राहकहरू तथा सेधरधनीहरूको उच्चतम लाभलाई ध्यानमा राखी विभिन्न समयमा ल्याएको विभिन्न ग्राहकमैत्री योजनाहरू तथा बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई २० दशमलव ९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको छ । बैंकले प्रास्तव गरेको उच्चतम लाभांशले ग्राहकहरू तथा सेयरधनीहरूको हितलाई बैंकले सधैँ आत्मसात् गरी कार्यसम्पादन गरिरहेको अझै पुष्टि भएको छ ।

विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई–कमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकहरूलाई लाभाम्वित बनाउन बैंक प्रतिबद्ध रहेको छ । बैंकले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x