सानिमा जनरल र जनरल इन्स्योरेन्सको एकीकृत कारोबार आगामी साता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले आगामी साताबाट एकीकृत कारोबार सञ्चालन गर्र्ने भएका छन् । निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार गर्दै आएका दुवै कम्पनीहरूले मर्जरमार्फत सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सञ्चालन गर्न लागेका हुन् ।
कम्पनीका अनुसार यही कात्तिक सात गतेबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो । दुबै कम्पनीहरूले यही असोज ११ गते विशेष साधारणसभामार्फत मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । बीमा समितिले भने यही असोज १४ गते मर्जरको लागि सैद्धान्तिक स्वीकृति दिएको थियो भने कम्पनी रजिष्टर्डको कार्यालयले यही असोज २७ गते एकीकृत कारोबारको लागि स्वीकृति दिएको थियो । सोपश्चात् दुवै कम्पनीहरूले एकीकृत कारोबारको मिति घोषणा गरेका हुन् । मर्जरपश्चात् बन्ने नयाँ कम्पनीको कुल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । हाल भने दुवै बैंकको चुक्ता पुँजी एक, एक अर्ब रुपैयाँ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- व्यापार घाटाको विकल्प
- कारबाही कडा भए मात्र अपचलन रोकिन सक्ने
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग
- तानसेन र रुरुक्षेत्र गाउँपालिकाको सर्वोत्कृष्ट
- विवादित भारतीय एमडीएम मसलाका कारोबारी नौलखाको नयाँ व्यवसाय
- कसरी बढ्यो बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति ?
- कारबाही प्रक्रियामाथि प्रतिवाद गर्ने लामिछानेको चेतावनी
- प्रधानमन्त्री ‘ समिट अफ द फ्युचर’ मा सहभागी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया