Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखल्तीबाट मेट लाइफको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता

खल्तीबाट मेट लाइफको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता


काठमाडौं । खल्तीबाट मेट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँ नगद फिर्ता पाइने भएको छ । ‘खल्ती’ले मेट लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरूका लागि अफर उपलब्ध गराएको हो । सो अफरअनुसार प्रयोगकर्ताहरूले एक हजार रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । साथै दुई भाग्यशाली बिजेताले अक्टोबरदेखि डिसेम्बर २०२२ सम्म, प्रत्येक महिना, स्मार्टब्याण्ड पनि प्राप्त गर्नेछन् ।

यो अफर डिसेम्बर ३१, २०२२ सम्म लागू हुनेछ । प्रयोगकर्ताले प्रिमियम भुक्तानीको लागि तोकिएको मितिभन्दा सात दिनभित्र भुक्तानी गर्नुपर्ने हुन्छ । साथै, खल्तीमार्फत आउने क्यास्ब्याक प्रयोगकर्ताले महिनाको अन्तिममा प्राप्त गर्नेछन् । मेट लाइफ इन्स्योरेन्सको प्रिमियम ‘खल्ती’बाट रकम भुक्तानी गर्नको लागि ‘खल्ती’ एप लगइन गरी इन्स्योरेन्स आइकनमा ट्याप गर्ने, मेट लाइफ इन्स्योरेन्स सेलेक्ट गर्ने पोलीसी नम्बर र डीओबी भर्ने अनि अब सम्पूर्ण विवरण दाखिला गरी प्रोसिड टु पेमा क्लिक गर्नुपर्नेछ ।

यसबाहेक पनि मेट लाइफ इन्स्योरेन्स बीमा गरेको ग्राहकले मेट लाइफ इन्स्योरेन्स साइटमा गएर सम्पूर्ण विवरण दाखिला गरेपछि पेमेन्ट अप्सनको रूपमा खल्ती छनोट गरी भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x