मिथिला लघुवित्तको खुद मुनाफामा सामान्य वृद्धि
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा सामान्यरूपमा वृद्धि भएको छ । संस्थाले आर्थिक बर्ष २०७८–०७९ मा सात करोड ३६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ४९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २८ करोड ८१ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले आव २०७८–०७९ मा ९७ करोड ७८ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८५ करोड ६४ लाख ३९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ९६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३३ लाख ६० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४७ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाल ६२ करोड ७४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ३९ लाख ६९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ४५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड दुई लाख ५७ हजार रुपैयाँ थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बढी व्याज र व्यवस्थापनको मारमा सहकारी
- व्यापार घाटाको विकल्प
- कारबाही कडा भए मात्र अपचलन रोकिन सक्ने
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग
- तानसेन र रुरुक्षेत्र गाउँपालिकाको सर्वोत्कृष्ट
- विवादित भारतीय एमडीएम मसलाका कारोबारी नौलखाको नयाँ व्यवसाय
- कसरी बढ्यो बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति ?
- कारबाही प्रक्रियामाथि प्रतिवाद गर्ने लामिछानेको चेतावनी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया