Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार शिखर इन्स्योरेन्सलाई

नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार शिखर इन्स्योरेन्सलाई


काठमाडौं । शिखर इन्स्योरेन्सलाई नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । ‘उत्पादन, पोषण र वातावरण सुधार : सुखी जीवनको अधार’ भन्ने नारासहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२औँ विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फछ््र्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रूपमा शिखर इन्स्योरेन्सलाई नगद १० हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको हो । नेपालमा कृषि बीमामा विकास र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दाबीको व्यवस्थापन र फछ्र्यौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ ।

हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरि खाद्य संकट र भोकमरिको विरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाइन्छ, नेपालमा ४२औँ विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरूको उपस्थितिमा सम्पन्न भएको हो । किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पूर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई यूकेएडद्वारा २०१९ मा ५० हजार पाउन्ड स्ट्रर्लिङ बराबर पुरष्कार राशि प्रदान गरिएको थियो ।

स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रूपमा रहँदै आएको यस कम्पनी इक्रा नेपालबाट आइक्रा–एनपी ए रेटिङ प्राप्त गरेको नेपालको एकमात्रै निजीर्वन बीमा कम्पनी समेत हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x