नेपाल बुद्धिचाल संघलाई समृद्धि फाइनान्सको साथ
काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच प्रायोजन सम्झौता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल संघद्वारा आगामी कात्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेसनल भेट्रान्स चेस च्याम्पियनसिपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहका बीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
करिब सात लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसिपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई तीन लाख रुपैया प्रदान गर्नेछ । कार्यक्रममा समृद्धिका सीईओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिबद्ध रहेको बताएका छन् । त्यसैगरी बुद्धिचाल संघका अध्यक्ष गौतमले संघद्वारा आयोजना गरिने विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरू नियमितरूपमा सञ्चालन गर्नका लागि प्रयासरत रहेको जानकारी दिए । साथै गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यवसायीकरण गर्न सकिने बताए । समृद्धि फाइनान्सको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष सुवोधराज शेर्पाली तथा सचिव उमेश केसीको सहभागिता रहेको थियो ।
त्यसैगरी समृद्धि फाइनान्सका तर्फबाट चिफ अपरेटिङ अफिसर चुडामणी खनाल तथा ब्रान्ड एन्ड प्रोडक्ट डिपार्टमेन्ट हेड सुरज कुमार सराफको उपस्थिति रहेका थिए । गतअसार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले राष्ट्रिय प्रतियोगिताहरूको क्यालेन्डरलाई कार्यसमिति बैठकबाट अनुमोदन गराइसकेको छ । साथै संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसिपको समेत तयारी सुरु गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया