Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मालपोत कार्यालय दोलखामा मेगा बैंकको एक्सटेन्सन काउन्टर


काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोलखाको चरीकोटस्थित जिल्ला मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले शुक्रबार एक समारोहका बीच भीमेश्वर नगरपालिका वडा नम्बर ३, स्थित जिल्ला मालपोत कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर उद्घाटन गरेका हुन् ।

जिल्ला मालपोत कार्यालयका प्रमुख धनकुमार तामाङले मेगा बैंकको एक्सटेन्सन कार्यालय विस्तार भएपछि सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्न मदत मिल्ने बताए । कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, दोलखाका प्रमुख मुरारी निरौला र मेगा बैंक चरीकोटका प्रबन्धक कपिलप्रसाद भण्डारीको पनि उपस्थिति थियो ।

एक्सटेन्सन काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीतिअनुरूप मेगा बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हाल देशभर दुई सय आठवटा शाखा र २७ वटा एक्सटेन्सन काउन्टरहरू सञ्चालित छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x