Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको नौ प्रतिशत नगद लाभांश पारित

सिटिजन्स बैंकको नौ प्रतिशत नगद लाभांश पारित


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १६औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाडौंमा सम्पन्न भएको छ । सो अवसरमा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ ।

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू छलफल गरी स्वीकृत भएको छ । त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रुपैयाँको नौ प्रतिशतका दरले हुनआउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय २१ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसहमतिबाट पारित गरेको छ । यससँगै सिटिजन्स बैंक आव २०७८/७९ को लाभांश पारित गर्ने पहिलो बैंक बनेको छ ।

साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि साबिक पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१ दशमलव ०७ः४८ दशमलव ९३ संथापक सेयरधनीहरूले धारण गरेको जम्मा सेयर : साधारण सेयरधनीहरूले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।

सभाका अध्यक्षले सेयरधनीहरूबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरूमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको कुरा जानकारी गरे । यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरूले पु-याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x