Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनासा सेक्युरिटिजले सुरु ग-यो मार्जिन कारोबार सुविधा

नासा सेक्युरिटिजले सुरु ग-यो मार्जिन कारोबार सुविधा


काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लि. स्टक ब्रोकर नम्बर (५८)ले नेपालमै पहिलो पटक लगानीकर्ताले सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ । नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिकरूपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

नासा सेक्युरिटिजले नियमनकारी निकायहरूको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताहरूका लागि दुई प्रकारका योजनाहरू ल्याएको छ । पहिलो योजनाअन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइनेछ र यसमा सेवाशुल्क र ब्याजसहित जम्मा शुल्क नौ हजार नौ सय ९९ रुपैयाँ मात्र लाग्नेछ । दोस्रो योजना १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवाशुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ मात्र लाग्नेछ ।

यी सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेवाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ । कम्पनीले दुवै योजना ग्राहकहरूले आवेदन दिएको ५८ मिनेटभित्रमा स्वीकृत गर्नेछ । यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरैभन्दा धेरै लगानीकर्ताहरूलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरी छिटो छरितो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध छ ।

हाम्रा योजनाहरूमा सहभागिता जनाई नयाँ सुविधाको लाभ उठाउन र सेवामा गुणात्मक सुधारका लागि रचनात्मक राय सुझाव दिन ग्राहकहरूलाई हार्दिक अपिल गर्दछौँ । कम्पनीमा मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीकोे वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x