गोर्खाज फाइनान्सले कमायो तीन करोड ३३ लाख
काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ३३ लाख १४ हजार पाँच सय १७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ६५ लाख ७० हजार चार सय ६० रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब एक करोड २८ लाख २२ हजार तीन सय ७५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७५ करोड २२ लाख १० हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ११ लाख नौ हजार सात सय एक रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने २२ लाख ९८ हजार नौ सय ९२ रुपैयाँले ऋणात्मक रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ५४ करोड सात लाख ४९ हजार तीन सय १८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७० करोड ९७ लाख ९६ हजार चार सय ८२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ लाख ७७ हजार एक सय ४९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ६० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बाह्य व्यापार र निकासीमा अनुदान
- तरलतामा किन भइरहन्छ सधैँ तलमाथि ?
- २२ अर्बको राजस्वमा कार्यकारीको खेलवाड
- लघुवित्तहरूमा वित्तीय जोखिम बढ्दो
- ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ प्रस्तावमै सीमित
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया