Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकद्वारा क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्ने सेवाको शुभारम्भ

सिटिजन्स बैंकद्वारा क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्ने सेवाको शुभारम्भ


काठमाडौं । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरू डिजिटलाइज गर्ने क्रममा मानव सहायताविनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात लक्ष्मी पूजाको दिनबाट गरेको छ । यस नवीनतम सेवामार्फत अब ग्राहकहरूले कुनै भौतिक फारमविना नै सहजरूपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ । यो सेवाअन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट एक हजार र पाँच सय दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

यो सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुनुहुनेछ भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ ।

कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङको प्रमुख अंगको रूपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वासयोग्य बनाइएको बताएका छन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x