Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकले कमायो चार करोड १५ लाख ६१ हजार

कामना सेवा विकास बैंकले कमायो चार करोड १५ लाख ६१ हजार


काठमाडौं । कामना सेवा बिकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड १५ लाख ६१ हजार तीन सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १७ करोड ५७ लाख ४७ हजार चार सय २० रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुुँजी तीन अर्ब १४ करोड २५ लाख ७७ हजार २२ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा ४७ अर्ब ४७ करोड ७५ लाख ७७ हजार नौ सय सात रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७८ करोड ३९ लाख ७३ हजार दुई सय चार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५२ करोड २२ लाख ९२ हजार पाँच सय ५२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक करोड ७८ लाख ४१ हजार सात सय १२ रुपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ४६ अर्ब २६ करोड १३ लाद दुई हजार ५५ रुपैैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५१ करोड १२ लाख २६ हजार नौ सय ३० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४५ करोड ७५ लाख १५ हजार चार सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x