चाडपर्व सकिएपछि पनि बीओकेले २५ प्रतिशतसम्म नगद फिर्ता दिने
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्व सकिएपछि पनि बीओकेको २५ प्रतिशतसम्मको नगद फिर्ता दिने भएको छ । बैंकले यसअघि नेपालीहरूको महान चाडहरू दशैँ, तिहार, नेपाल संवत ११४३ तथा छठमा आफ्ना ग्राहकहरूलाई आवश्यक सरसामान खरिद गर्दा सुविधा होस् भन्ने हेतुले २५ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएको थियो । सोअनुसार चाडपर्वहरूमा मात्र होइन चाडपर्वपश्चात् पनि आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।
यो योजनाअन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरूले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा एक सय ५० रुपैयाँसम्मको नगद फिर्ता पाउन सक्ने छन् । यस नगदफिर्ता योजना यही २०७९ साल कात्तिक १५ गते मंगलबारबाट २०७९ साल कात्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरूलाई आजै नगद फिर्ता योजनाको फाइदा लिन बैंकले आग्रह गरेको छ । ग्राहकहरूलाई विद्युतीय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरूमा मात्र नभई बैंकले चाडपर्वपश्चात् पनि २५ प्रतिशतसम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।
विद्युतीय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरू, विभिन्न होटलहरू, रेस्टुरेन्टहरू, फिटनेस सेन्टरहरू, स्टोरहरू, अस्पतालहरू, स्वास्थ्य क्लिनिकहरू, इन्स्टिच्युटहरूमा छुटहरू प्रदान गरिरहेको र भविष्यमा पनि विभिन्न नगद फिर्ता तथा छुटको योजनाहरू ल्याई ग्राहकहरूलाई लाभान्वित बनाउन बैंक प्रतिबद्ध जनाएको छ । हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले एक सय तीनवटा शाखा कार्यालयहरू, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया