Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र उत्थान लघुवित्तको पहिलो त्रैमासिक नाफा ३८ लाख

राष्ट्र उत्थान लघुवित्तको पहिलो त्रैमासिक नाफा ३८ लाख


काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३८ लाख २३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड २५ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ८५ करोड ६६ लाख ३८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५३ करोड ३३ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३७ लाख ७१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४१ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ६७ करोड ८२ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७९ करोड ११ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड १२ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४८ लाख ८२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x