Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २, ३, ४ को जादु’

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी बैंक २, ३, ४ को जादु’


काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले महालक्ष्मी मोबाइल एप प्रयोगकर्ताहरूको लागि ‘महालक्ष्मी बैंक २, ३, ४ को जादु’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत महालक्ष्मी मोबाइल एप प्रयोग गरी दुई महिनासम्म तीनवटा कारोबार गर्ने ग्राहकहरूमध्ये भाग्यशाली चार ग्राहकहरूले स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस योजना हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरूलाई लक्षित गर्दै नोभेम्बर १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन गर्न लागेको हो । ग्राहकले दुई महिनासम्म तीनवटा कारोबार गर्दा कारोबार रकम न्यूनतम एक सय वा सोभन्दा माथि साथै कम्तीमा पनि एउटा कारोबार मोबाइल टपअपको हुनुपर्ने बैंकले जनाएको छ ।

विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहीआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता तथा अपेक्षालाई मध्यनजर गर्दै डिजिटल बैंकिङका साथसाथै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x