मितेरी डेभलपमेन्ट बैंकको नाफा तीन करोड ६६ लाख
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ६६ लाख २२ हजार एक रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा तीन करोड ६२ लाख दुई हजार आठ सय ८२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार ७० रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा छ अर्ब १२ करोड ७९ लाख ९० हजार सात सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७० करोड ८४ लाख ५९ हजार एक सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा नौ करोड ७५ हजार पाँच सय १२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८४ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ११ लाख चार हजार ९७ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले छ अर्ब छ करोड ४५ लाख ९३ हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८२ करोड ४२ लाख ३७ हजार एक सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ५१ लाख ७५ हजार नौ सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया