Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच सम्झौता


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमु प्रालिका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् ।

बैंकमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।

बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ४८ वटा शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x